काठमाडौं, असार २६ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युप्रति न्यायको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नारासमेत लगाइएको थियो।
प्रदर्शनका क्रममा केहीबेर प्रदर्शनकारी र नेपाल प्रहरीबीच धकेलाधकेल भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई प्रदर्शनस्थलमै रोकेको थियो।
गणेश नेपालीको मृत्युको घटनापछि विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन तथा नागरिक समाजले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरिरहेका छन्।












प्रतिक्रिया दिनुहोस्