जनता टाइम्स

२७ असार २०८३, शनिबार १७:५७

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्तालाई सरकारले गर्यो पक्राउ


काठमाडौं, असार २७ । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अन्सारी र सरिश्मा थापासहित केही जेनजीलाई नियन्त्रणमा लिएको हो । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि थापा र अन्सारीसहितका केही अभियन्ताहरू त्यहाँ पुग्नुभएको थियो ।

अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताउनु भयो । ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ,’ अन्सारीले भन्नुभयो ।यस्तै थापाले पनि दुब्र्यवहार गर्दै पक्राउ गरिएको बताउनु भएको छ । अन्सारी र थापासहित पक्राउ परेका सवैलाई अहिले कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ ।