जनता टाइम्स

२७ असार २०८३, शनिबार १९:१८

बझाङ जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते


बझाङ, असार २७ । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएका छन । घाइतेहरूको उद्धारको प्रयाश भइरहेको छ ।

जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।