जनता टाइम्स

२७ असार २०८३, शनिबार १९:२६

सरकारविरुद्ध सुकुम्वासी उकासेको आरोपमा भूमि आयोगका पूर्वउपाध्यक्ष पक्राउ


काठमाडौं, असार २७ । सुकुम्वासीलाई सरकारविरुद्ध उकासेको आरोपमा भूमि आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका नेता नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खडकालाई कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा खडकाले सरकारविरुद्ध आन्दोलन गर्न सुकुमवासीलाई उक्साएको प्रमाण भेटिएको प्रहरीको दावी छ ।

यसअघि खडका सुकुमवासी समस्या समाधान गर्न बनेको आयोगको केन्द्रीय उपाध्यक्ष बनेर काम गर्नुभएको थियो । खडका नेकपानिकट अखिल नेपाल सुकुमवासी संघका अध्यक्ष पनि हुनुहुन्छ।