जनता टाइम्स

२८ असार २०८३, आईतवार १६:४१

भोलि नेपाल आउँदै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव, यस्ता छन् कार्यक्रम


काठमाडौं, असार २८ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल भ्रमणमा आउने तय भएको छ ।

दुई देशबीचको ऊर्जा संयन्त्रको बैठकमा भाग लिन महावर सोमवार अर्थात भोलि नेपाल आउन लाल्नुभएको हो । महावर भारतीय विदेश मन्त्रालयमा चीन, नेपाल, भुटान हेर्ने नर्थ डिभिजन प्रमुख हुनुहुन्छ ।

उहाँ भोलि १३ जुलाईमा नेपालमा आउने र राजनीतिक भेटबार्तासहित उर्जा संयन्त्रको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा उहाँले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यसैगरी उहाँले दुई देशको ऊर्जारजलस्रोत हेर्ने संयुक्त समिति (जेएससी) तथा संयुक्त कार्यदल (जेजीब्जी) को बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । दुवै संयन्त्रको बैठक जुलाई १४ र १५ तारिखका लागि तय गरिएको छ।