जनता टाइम्स

३ श्रावण २०८३, आइतबार २०:३७

टेकुमा प्रहरीको अपरेशन : गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ


काठमाडौं, साउन ३ । काठमाडौंको टेकु क्षेत्रमा प्रहरीले गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले गरेको विशेष अपरेशनका क्रममा एक भारतीय नागरिक घाइते भएका छन् भने दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहराका अनुसार प्रहरी टोलीले विभिन्न स्थानबाट पछ्याउँदै जाँदा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा पुगेका थिए। पक्राउ गर्न खोज्दा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको उहाँले जानकारी दिनुभयो।

गोली लागेर घाइते भएका भारतीय नागरिकको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका अन्य दुई नेपाली नागरिकलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप विवरण र बरामद भएका सामग्रीबारे अनुसन्धान जारी रहेको जनाएको छ।