जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०९:१०

आज ३ संसदीय समितिको बैठक बस्दै, पर्यटन विधेयकदेखि कारागारको मानवअधिकारसम्म छलफल


काठमाडौं,  साउन २२। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ।

संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिको २०८३ सालको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे नै बस्नेछ। बैठकमा विद्युत् वितरण लाइन तथा विद्युत्का पोल व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गरिनेछ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।