जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०९:१८

जेन–जी अभियन्तालाई गृहमन्त्री गुरुङको चेतावनी– ‘हाम्रो रगतमाथि राजनीति नगर्नू’


काठमाडौं,  साउन २२। गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनको नाममा आफ्नो र आन्दोलनका सहयात्रीहरूको रगत र बलिदानमाथि राजनीति नगर्न केही जेन–जी अभियन्तालाई चेतावनी दिनुभएको छ।

बिहीबार ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आन्दोलनमा सहभागी नभएका केही व्यक्तिले जेन–जी आन्दोलनको नाममा राजनीति गर्न खोजेको आरोप लगाउनुभयो।

गृहमन्त्री गुरुङले जेन–जी हुनका लागि उमेर समूह मात्र पर्याप्त नहुने भन्दै देशप्रतिको माया, योगदान र सकारात्मक उद्देश्य आवश्यक पर्ने बताउनुभयो। उहाँले व्यक्तिको नियत, योगदान र आन्दोलनमा सहभागिताले नै जेन–जीको पहिचान निर्धारण गर्ने धारणा राख्नुभयो।

उहाँले गृहमन्त्रीको जिम्मेवारी सम्हालेयता निरन्तर आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना प्रभावकारी रूपमा अघि बढाउन नसकेको पनि बताउनुभयो।

गुरुङले जेन–जी आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न आवश्यक नीति, योजना र कार्यक्रम तयार गर्ने तयारी रहेको उल्लेख गर्दै जेन–जी शहीदका परिवार तथा आन्दोलनसँग सम्बन्धित मागलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।