जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार १९:२८

उपचाररत एमाले नेता जेएन थपलियालाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, साउन २२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वीर अस्पताल पुगेर नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

उपचाररत नेता थपलियालाई भेट्न शुक्रबार वीर अस्पताल पुग्नुभएकी भण्डारीले उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सक तथा परिवारसँग जानकारी लिनुभएको हो।

नेता थपलिया साउन १८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बागमती प्रदेश सरकार गठनबारे भएको छलफलका क्रममा अस्वस्थ भएर ढल्नुभएको थियो। त्यसपछि उहाँलाई प्रारम्भिक उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो भने भोलिपल्ट वीर अस्पतालमा भर्ना गरिएको थियो।

थपलिया मधुमेहका बिरामी रहेको बताइएको छ। उहाँको स्वास्थ्यमा सुधार ल्याउन वीर अस्पतालमा उपचार भइरहेको छ।