काठमाडौं, साउन २३। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्ति एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको आरोप लगाउनुभएको छ।
काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभयो।
उहाँले संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिमाथि राज्यबाटै प्रहार भइरहेको आरोप लगाउनुभयो। ती उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि मोर्चा गठन गरिएको उहाँको भनाइ थियो।
अध्यक्ष यादवले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिँदै मुलुक संविधानभन्दा बाहिरबाट सञ्चालन भइरहेको दाबी गर्नुभयो।
सुशासनको अभाव, भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र बढ्दो वैदेशिक ऋणका कारण मुलुकको अर्थतन्त्र थप संकटमा परेको उहाँले बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्