सुनसरी, साउन २४ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ गुप्तबराहबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १८ किलोग्राम सहित ४ जना पक्राउ परेका छन । उनीहरूलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका १३ बस्ने ३४ वर्षीय थमन राई, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका ५ बस्ने २२ वर्षीया जिवनी राई, मोरङ कटहरी गाउँपालिका ३ बस्ने २६ वर्षीय अमर कामत र ३८ वर्षीय शंकर चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र।१(०२(००२ च ४८५१ नम्बरको कार र को।११ प ५६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा कारभित्र २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी कार चालक थमन, कारमा सवार जिवनी, मोटरसाइकल चालक अमर र मोटरसाइकलमा सवार शंकरलाई पक्राउ गरेको हो ।
सो बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्