काठमाडौं, साउन २५ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले आइतबार बिहान करिब साढे २ बजे नामथर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनापछि प्रहरीले बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्