काठमाडौं, साउन २५ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा दुई मन्त्रीले सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ ।
बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।
यस्तै, व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने छ।
त्यसैगरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।














प्रतिक्रिया दिनुहोस्