काठमाडौं, साउन ३१ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न, जनताको आवाज सुन्न र नीति निर्माणमा आफ्नो भूमिका खोज्न आग्रह गर्नुभएको छ ।
‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ले आयोजना गरेको अन्तरक्रियालाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषयमा मात्र सीमित नहुने बताउनुभएको हो ।
उहाँले राजनीति समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया भएको बताउनुभयो ।
युवाहरूलाई विचार निर्माणको क्षेत्रमा सक्रिय सहभागी हुन आग्रह गर्दै भण्डारीले लोकतन्त्रको शक्तिबारे पनि धारणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ ।’













प्रतिक्रिया दिनुहोस्