काठमाडौं, भदौ १ । धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहान ६ बजेदेखि नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
ठूलो पहिरो खसेर सडक अवरुद्ध भएपछि सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले समेत यातायात सञ्चालनका लागि सहजीकरण गरिरहेको छ।
सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने हजारौँ सवारीसाधन लामो जाममा परेका छन्।














प्रतिक्रिया दिनुहोस्