जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १०:१५

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै


काठमाडौं, भदौ १ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा पर्नुभएको छ। सरकार जोगाउन उहाँलाई साना दलहरूको समर्थन आवश्यक परेको छ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

बागमतीमा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।