जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १०:२२

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै


काठमाडौँ, भदौ १ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिनुभएको थियो। अदालतले श्रेष्ठसँग बरामद गरिएका सामानसमेत पेश गर्न आदेश दिएको थियो।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई साउन २८ गते राति ललितपुरस्थित उहाँको घरबाट पक्राउ गरेको थियो।

श्रेष्ठ पक्राउ परेपछि उहाँकी पत्नी सरस्वती श्रेष्ठले साउन २९ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो।