जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ०९:०९

पार्टी निर्वाचन अधिकृतलाई प्रशिक्षण दिँदै कांग्रेस


काठमाडौं, भदौ २ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि खटाइएका पार्टी निर्वाचन अधिकृतहरूलाई आज प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ । सोहीअनुसार विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन लागिएको हो ।

कांग्रेसका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाको उपस्थिति रहनेछ ।

सभापति थापाले निर्वाचन अधिकृतहरूलाई दिइने प्रशिक्षणलाई १५औँ केन्द्रीय महाधिवेशन प्रक्रियाको सुरुआतको पहिलो चरणका रूपमा व्याख्या गर्नुभएको छ ।