काठमाडौं, भदौ २ । मकवानपुरको भीमफेदीमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार स्कारपिओ दुर्घटनामा परेको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कारपिओ बिहान भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा न्यायाधीश डाँगीसहित चार पुरुष र दुई महिला घाइते भएका छन् । स्कारपिओ सडकबाट भिरमा खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते सबैलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्