जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ११:३३

ओएनएफ अष्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति (सूची)


अष्ट्रेलिया, भदौ २ । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ । सिड्नीको अवर्नमा सम्पन्न छैठौं अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अधिवेशनले पौडेलको अध्यक्षतामा १९ सदस्यिय कमिटी निर्वाचित गरेको छ । जएको उपाध्यक्ष दिपक पहारी, सचिवमा मिलन पाठक र सहसचिव किशोर भण्डारी निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुवर, रविन भुषाल, गणेश राज गौतम, मोहन शर्मा र तेज बिक्रम मल्ल निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य र उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा भएको अधिवेशनमा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाह तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टर अध्यक्ष बिष्णु हमाल, एनआरएनए एनएसडव्लु संयोजक उषा वारिया, जन सम्पर्क समिति अष्ट्रेलिया महामन्त्री रोहित खड्कालगायतका अतिथिहरूले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रमुख अतिथि पाण्डेले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता अध्यक्ष केशव जोशी र सञ्चालन सचिव प्रकाश पन्थीले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत र उपसचिव अशिम कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बन्द सत्रले अध्यक्ष केशव जोशीले पेश गरेको राजनितिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दिपक पहाडीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पाण्डे, विशेष अतिथि थापा, ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे, निर्वाचन प्रमुख होम पाण्डे, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय लगायतका अगुवाहरूले बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष पाण्डे र उपसचिव प्रभु थापाले अवको मिसनबारे प्रष्ट पार्नुभएको थियो । सो क्रममा उपसचिव थापाले भन्नुभयो, ‘हाम्रो अबको लक्ष्य जहॉ नेपाली त्यहाँ प्रवासी नेपाली मञ्च गठन, सदस्यता बिस्तार, बंशजको नागरिकको निरन्तरता, मात्रिभूमिमा लगानी, प्रवासीहरूका साँझा समस्याहरूमा एकीकृत र संगठित आवाज र नेपाली भाषा, कला र संस्कृतिको प्रचार र प्रबर्धन रहेको छ । ओएनएफ यो काममा लाग्छ ।’