बुटवल, भदौ ३ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरी काम थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार सडक खुलाउन एकदेखि दुई घण्टा लाग्न सक्नेछ ।
सिद्धबाबा क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
राजमार्ग अवरुद्ध भएपछि पाल्पा–बुटवल सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ ।














प्रतिक्रिया दिनुहोस्