काठमाडौं, भदौ ३ । सशस्त्र प्रहरी बलले बिदामा गएर तथा आफूखुसी ब्यारेक छाडेर लामो समयदेखि गैरहाजिर रहेका नौजना जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा तथा आफूखुसी ब्यारेक छाडेर सम्पर्कविहीन भएका जवानहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।
कार्यालयले सूचना प्रकाशित भएको मितिले एक साताभित्र गैरहाजिर हुनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न भनेको छ ।
तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम कारबाही गरिने चेतावनी सूचनामा दिइएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार कारबाहीको प्रक्रियामा रहेका जवानहरूले निर्धारित समयभित्र स्पष्टीकरणसहित सम्पर्क नगरे सेवाबाट हटाउने प्रक्रिया अघि बढाइनेछ ।















प्रतिक्रिया दिनुहोस्