काठमाडौं, भदौ ३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् ।
साउन ३१ गते बिहान करिब ८ बजे घरबाट हराएकी गरीमा चौधरीको शव मंगलबार साँझ घरबाट करिब ५० मिटर टाढा छिमेकीको घरभित्र फेला परेको हो ।
शव फेला परेको घरमा भने कोही पनि नरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक निलप्रसाद घलेले जानकारी दिनुभयो ।
बालिकाको हत्या गरी शव लुकाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्