काठमाडौं, भदौ ३ । प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिका विषयमा कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो ।
सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मुख्य कार्य तथा अपेक्षित उपलब्धिलाई प्राथमिकतामा राखिएको छ ।
प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्