काठमाडौं, भदौ ४ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा भारी बृद्धि भएको छ । बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य बिहीवार तोलामा नौ हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चार हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्