जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०८:३६

प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै


काठमाडौं, भदौ ५ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री शाह पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको छ । यद्यपि उहाँको मुस्ताङ भ्रमणको उद्देश्यबारे प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी गराएको छैन ।

प्रधानमन्त्रीसँग उहाँका केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारीमा रहेको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीसहितको टोली शुक्रबार नै काठमाडौं फर्किनुहुनेछ ।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।