काठमाडौं, ६ भदौ । गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
रेसुङ्गा नगरपालिका–७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
स्थानीय निउरेनी जंगलको गोरेटो बाटोमा बाँदर धपाउने क्रममा चिप्लिनुभएका पाण्डे करिब २५ मिटर तल खस्दा गम्भीर घाइते हुनुभएको थियो।
घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी उहाँलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्याएको थियो।
तर उपचारका क्रममा शुक्रबार साँझ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।














प्रतिक्रिया दिनुहोस्