जनता टाइम्स

६ भाद्र २०८३, शनिबार २०:५९

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


काठमाडौं, भदौ ६। चितवनमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बस र मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुष र पछाडि सवार करिब २६ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैको पहिचान भने खुल्न बाँकी छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।