जनता टाइम्स

६ भाद्र २०८३, शनिबार २१:१०

गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु


काठमाडौं, भदौ ६ । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले गरिमाकी आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल गरिरहेको हो।

छलफलका लागि गरिमाका आमा–बुबा शनिबार दिउँसो सिमरा विमानस्थल हुँदै काठमाडौं आएका थिए। उनीहरूसँगै केही स्थानीय अभियन्तासमेत काठमाडौं आएका छन्।

छलफलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी हुनुभएको छ।

गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै आएका छन्।