काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या अदालतबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताउनुभएको छ।
शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ कार्यक्रमको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेद र विवाद संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभएको हो।
उहाँले पार्टीभित्रको समस्या समाधानका लागि अदालतको ढोका ढकढक्याउनेभन्दा पार्टी कार्यालयमै सँगै बसेर छलफल गर्नुपर्नेमा जोड दिनुभयो।
विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको उल्लेख गर्दै शर्माले असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्रीलगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता–कार्यकर्ताका लागि ढोका खुला रहेको बताउनुभयो।
उहाँले राजनीतिक दलहरूको भूमिका केवल सरकार बनाउने, संविधान निर्माण वा संशोधन गर्ने तथा निर्वाचन जित्ने–हार्नेमा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो।














प्रतिक्रिया दिनुहोस्