जनता टाइम्स

७ भाद्र २०८३, आईतवार ०९:११

जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने


काठमाडौं, भदौ ७ । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन्।

चितवन राइनोजले आगामी सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने चितवन राइनोजले अपेक्षा गरेको छ।

ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाडीमध्ये एक हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एकदिवसीय, टी–२० अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन्।

तेस्रो संस्करणको एनपीएलमा चितवन राइनोजसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।