काठमाडौं, भदौ ७ । गएराति देशका विभिन्न स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा धनुषामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्