काठमाडौं, भदौ ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बितेको ३५ वर्षको हिसाब मागेर बस्नुभन्दा आगामी ३५ वर्षको योजना बनाउनुपर्ने बताउनुभएको छ ।
‘नीति, संगठन र नेतृत्व’ सम्बन्धी दुईदिने कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद तथा नेता–कार्यकर्तालाई आगामी ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने स्पष्ट योजना ल्याउन आग्रह गर्नुभएको हो ।
“अब ३५ वर्षको हिसाब मागेर नबसौँ साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्,” उहाँले भन्नुभयो, “बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौँ । जति गर्नुभयो, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने भन्ने कुरा हाम्रो हातमा छ ।”
सभापति लामिछानेले राज्यका संरचनाले आफ्नो काम गर्ने भए पनि राजनीतिक नेतृत्वले नागरिकले के पाइरहेका छन् भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा नीति, संगठन र नेतृत्वलाई प्रभावकारी बनाउँदै नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो।














प्रतिक्रिया दिनुहोस्