काठमाडौं, भदौ ८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको छ ।
सामाजिक सञ्जालमा भट्टराईको घर जलाउने आशयको अभिव्यक्ति सार्वजनिक भएपछि उहाँले आपत्ति जनाउँदै राज्यले समयमै कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
भट्टराईले फेसबुकमा उक्त अभिव्यक्तिको स्क्रिनसट सार्वजनिक गर्दै त्यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ ।
‘यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्,’ उहाँले लेख्नुभएको छ ।
उहाँले जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा प्रतिगामी र राष्ट्रघाती समूहले संघीय लोकतान्त्रिक गणतन्त्र तथा राष्ट्रिय सार्वभौमिकताविरुद्ध थप जघन्य अपराध गर्न सक्ने दाबीसमेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्