काठमाडौं, भदौ ८ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको घर जलाउने भन्दै धम्की दिने युवक पूर्वराजावादी रहेको पाइएको छ ।
सामाजिक सञ्जालमा लबकुश थापा नाम गरेका युवकले यस्तो धम्की दिएका हुन । ती युवकले आफ्नो प्रोफाइल पिक्च नै पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलको फोटो अ)कित टीसर्ट लगाएका छन ।
थापाले लेखेका छन, ‘आज राती बाबुराम भट्टराईको घर जलाउने हो । साथीहरू जे पर्ला पर्ला । अति भो सालेको हाम्रो आस्थामाथिको प्रहार ।’

राजा र राप्रपाको पक्षमा लगातार प्रचार गर्दै आएका थापाले बाबुराम भट्टराईले अति गरेकोले राती नै घर जलाउने हो भन्दै धम्की दिएका छन । थापाले लेखेका छन, ‘आज राती बाबुराम भट्टराईको घर जलाउने हो । साथीहरू जे पर्ला पर्ला । अति भो सालेको हाम्रो आस्थामाथिको प्रहार ।’
सो धम्कीपछि भट्टराईले कडा कार्वाहीको माग गरेका छन ।















प्रतिक्रिया दिनुहोस्