जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार ०१:१२

नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अवस्थी नियुक्त


काठमाडौं, भदौ ९ । नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेशप्रसाद अवस्थी नियुक्त हुनुभएकाे छ । साेमवार बसेकाे नविल बैंकको सञ्चालक समिति बैठकले अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ कोर्स गर्नुभएकाे छ ।

बैंकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव हासिल गरिसक्नुभएका अवस्थी ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल प्रवेश गर्नुभएकाे थियाे ।

अवस्थी अपरेसन, जोखिम, ऋण शाखा व्यवस्थापनलगायतमा अब्बल मानिनुहुन्छ । नविल बैंक सञ्चालक समितिले अवस्थीकाे कामबाट बैंकले थप प्रगति गर्ने बिश्वास लिएकाे जनाएकाे छ ।