काठमाडौं, ९ भदौ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत थियो ।
यसैगरी, संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची पनि रहेको थियो ।
बैठक स्थगित भएसँगै आजका लागि तय गरिएका सबै कार्यसूची अर्को बैठकमा सर्ने भएका छन् ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।














प्रतिक्रिया दिनुहोस्