काठमाडौं, भदौ ९ । मधेस प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि बुधबार प्रदेशभर बिदा दिने निर्णय गरेको छ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशङ्करप्रसाद पालले सूचना जारी गर्दै भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायका लागि बिदा दिने जानकारी दिनुभएको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने व्यवस्था रहेकाले सोहीअनुसार प्रदेश सरकारले बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिदासम्बन्धी निर्णयबारे प्रदेशअन्तर्गतका सम्बन्धित सबै निकायलाई जानकारी गराएको छ।














प्रतिक्रिया दिनुहोस्