जनता टाइम्स

९ भाद्र २०८३, मंगलवार २०:५६

बागमतीमा मुख्यमन्त्री थापालाई विश्वासको मत, पक्षमा ५७ र विपक्षमा शून्य


काठमाडौं, भदौ ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापाको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै मत परेको छैन। बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक थियो।

नेपाली कांग्रेसले मतदान बहिष्कार गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही सांसदले मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्नुभएको थियो भने केही सांसद मतदानमा सहभागी नभई तटस्थ बस्नुभएको थियो।

बागमती प्रदेशसभामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का गरी ५१ सांसद रहेका छन्। मुख्यमन्त्री थापाले राप्रपाका केही सांसदको समर्थनसमेत प्राप्त गर्नुभएको हो।

विश्वासको मत पाएसँगै एमाले नेतृत्वको बागमती प्रदेश सरकार तत्कालका लागि जोगिएको छ।