काठमाडौं, भदौ ९ । नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको हो।
काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाका अनुसार राष्ट्रसेवकलाई काममा बाधा पुर्याएको तथा अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान गर्न कठायतविरुद्ध म्याद थप गरिएको हो।
प्रहरीका अनुसार कठायतले मंगलबार नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेका थिए। महिला प्रहरीले उनलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि उनले प्रहरीमाथि हातपात गरेको बताइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्