जनता टाइम्स

१० भाद्र २०८३, बुधबार ०८:०५

चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ, भदौ १०। देशका चार प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग एवं गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा मध्यम वर्षा हुन सक्नेछ । मधेससहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।