काठमाडौँ, भदौ १०। रसुवामा ठूलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौँमै रोकेको छ ।
काठमाडौँबाट रसुवा, नुवाकोट, चितवन र धादिङतर्फ जाने सवारीसाधनलाई रोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै ती जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौँबाटै रोकिएको उहाँले बताउनुभयो ।
रसुवामा आएको बाढीका कारण सडक तथा यातायातमा समेत प्रभाव परेको छ । प्रहरीले जोखिमपूर्ण अवस्थामा सवारीसाधन सञ्चालन गर्दा थप क्षति हुन सक्ने भएकाले तत्कालका लागि आवागमन रोकिएको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्