जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १०:४८

रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन


काठमाडौँ, भदौ १० । रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कविहीन भएको छ ।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै टोलीसँग सम्पर्कको प्रयास भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । टिमुरे क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले घटनाको विस्तृत विवरण संकलन गर्न समस्या भइरहेको बताइएको छ ।

यस्तै, सोही क्षेत्रमा ड्युटीमा खटिएका नेपाल प्रहरीका सात जना सुरक्षाकर्मी भने सम्पर्कमा आएका छन् । उनीहरूसँग सामान्य अवस्थामा कुराकानी भइसकेको जनाइएको छ ।

सशस्त्र प्रहरीका अनुसार टिमुरेमा खटिएको टोली अचानक सम्पर्कविहीन भएपछि उनीहरूको अवस्थाबारे जानकारी लिन प्रयास भइरहेको छ ।

घटनाबारे नेपाल प्रहरीले समेत जानकारी पाएर आवश्यक समन्वय र खोजीको काम अघि बढाएको जनाएको छ । सञ्चार सम्पर्क स्थापित गरी सुरक्षाकर्मीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त गर्ने प्रयास भइरहेको छ ।