जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १०:५१

बाढी प्रभावित रसुवातर्फ सेनाका दुई हेलिकप्टर उडे


काठमाडौँ, भदौ १० । बाढी प्रभावित रसुवातर्फ नेपाली सेनाका दुई वटा हेलिकप्टर उडेका छन् ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार तथा राहतका लागि दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको हो ।

थप एक हेलिकप्टर पनि घटनास्थलतर्फ पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, नेपाली सेनाको टोली स्थलमार्गबाट समेत रसुवातर्फ गएको छ । बाढीपहिरोबाट भएको क्षति र उद्धारको अवस्थाबारे थप विवरण संकलन भइरहेको सेनाले जनाएको छ ।