जनता टाइम्स

१० भाद्र २०८३, बुधबार १०:५३

भोटेकोशी बाढीपछि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन


काठमाडौँ, भदौ १०। भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको थियो ।

तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ । बाढीबाट ठूलो क्षति भएको अनुमान गरिएको छ ।

बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको बजारसमेत बगाएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।