काठमाडौं, भदौ १० । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल रहेको प्रहरीले जनाएको छ । दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ।
दाहालले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेको पाइएको छ । प्रहरीलाई समेत गाली गरेका दाहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध छन ।














प्रतिक्रिया दिनुहोस्