काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बाढीपछि गरिएको खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा हालसम्म १४ जनाको शव फेला परेको सम्बन्धित निकायले जनाएको छ ।
अचानक आएको बाढीले नदी आसपासका बस्ती तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण केही व्यक्ति अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएका छन् । उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रहरूमा समेत बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्