काठमाडौं, १० भदौ । रसुवाको भोटेकोसी नदीमा आएको अचानक बाढीका कारण ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन्।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना सैनिक अझै सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार अभियान तीव्र पारेका छन्। सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि थप टोली परिचालन गरिएको छ।














प्रतिक्रिया दिनुहोस्