जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार ०८:५१

रसुवा बाढी अपडेट : मृतकको संख्या १६२ पुग्यो


काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै ८ जिल्लामा गरी १६२ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

बाढीमा परी बेपत्ता भएकाको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ।