काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेता महन्थ ठाकुरलगायत सहभागी हुनुहुन्छ।
बैठकमा बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट, खोज तथा उद्धार, राहत र प्रभावितको व्यवस्थापनलगायत विषयमा छलफल हुने जनाइएको छ।
बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्ने विषयमा बैठक केन्द्रित रहनेछ।














प्रतिक्रिया दिनुहोस्